6054b93a53e9c_uml_samsedeays_dal

काठमाडौं, चैत ७ । नेकपा (एमाले) ले  शनिबारका लागि केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाएको छ । बैठकका लागि झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सबै सांसद तथा केन्द्रीय कमिटी सदस्यहरुलाई आमन्त्रण गरिएको बताइएको छ ।
प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार भोलिको संसदीय दलको बैठकमा संसदीय दलको संशोधित विधानको प्रस्ताव छलफलका लागि प्रस्तुत हुनेछ । प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले संशोधित विधानको प्रस्ताव तयार गरेको छ । भोलिको बैठकमा सो प्रस्ताव छलफलका लागि पेश हुने भट्टराईले बताउनुभयो ।
उहाँकाअनुसार भोलिको बैठकमा नेता बामदेव गौतमसहित थुप्रै सांसद र नेताहरुको सहभागिता रहनेछ । यसअघि नेता गौतमले शुक्रबार आयोजित एक कार्यक्रममा केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताउनुभएको थियो ।
केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद नारदमुनी रानाकाअनुसार विहान १०ः३० बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक आव्हान गरिएको छ । सो लगत्तै १२ बजेका लागि केन्द्रीय कमिटी बैठक बस्ने तय भएको उहाँले जानकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ