istockphoto-626958974-1024x1024

Group of Indian children playing happy holi in Rajasthan, India. Indian children keeping their hands up and showing colorful powders. Holi, the festival of colors, is a religious festival in India, celebrated, with the color powders, during the spring.

धनगढी: रङको पर्व होली कैलालीसहित तराईमा शुक्रबार हर्षोल्लासपूर्वक मनाइएको छ।

एकआपसमा अबिर लगाई हर्ष र खुसीयाली साटासाट गरी होलीपर्व मनाइएको हो। कैलालीमा बसोबास गर्ने विभिन्न समुदायले होलीलाई आआफ्नो परम्परा अनुसार फरक फरक तरिकाले मनाउने गरेका छन्। थारू समुदायले ढुरहेरी, रानाथारू र कठरिया थारू समुदायले यस पर्वलाई होरीपर्व मनाउने गरेका छन्।

बालबालिकादेखि युवकले सार्वजनिक स्थानमा सामूहिक रूपमा अबिर, रङ एकअर्कालाई लगाएर होलीपर्व मनाएका हुन्। कैलालीवासी थारू समुदायले होलीलाई ‘ढुरहेरी’ को नामले दुई दिनसम्म मनाउने गर्दछन्। यस समुदायमा शनिबार पनि होलीपर्व जारी रहने छ। दुई दिनसम्म अबिर, रङ, पानी खेलेर ढुरहेरी पर्व मनाउने गरिएको सत्यनारायण दहितले बताए। उनका अनुसार थारू समुदायले ढुरहेरीमा बरिया, माछामासुलगायतका खानाका परिकार खाने चलन रहेको छ।

यसै गरी रानाथारू समुदायले होलीलाई होरीपर्वको नामले मनाउने गरेका छन्। होरी यो समुदायको सबैभन्दा ठुलो पर्व हो। रानाथारू समुदायले ३८ दिनसम्म होरीपर्व मनाउने गरेका छन्। चीर दहनभन्दा अगाडिसम्म ‘जिन्दा होरी’ र चीर दहनपछि ‘मरि होरी’ मनाउने गरेको रानाथारू समुदायका युवा अगुवानारायण रानाले बताए।

‘अझै एक हप्तासम्म होरी जारी रहन्छ,’ उनले भने, ‘खक्डेहडा’ फुटाएर मात्रै रानाथारू समुदायको ३८ दिने होरीपर्व सकिने गर्छ।’ होरीपर्वको अवसरमा यस समुदायका युवायुवतीले घर-घरमा गएर होरी नाच नाचेर रमाउने चलन रहेको छ । यस्तै होरीपर्वमा बालबालिकाले बाटो छेकेर बटुवाबाट पैसासमेत सङ्कलन गरेका छन् । जिल्ला प्रशासन कार्यालयले बाटो छेकेर पैसा उठाउने कार्यलाई कानुनविपरीत मान्दै त्यस्तो कार्य नगर्न/नगराउन आग्रह गरे पनि सो कार्य रोकिएको देखिँदैन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ