Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kailari1/public_html/wp-includes/functions.php on line 6121
रामपुर कटैनी पुल निर्माणका लागि टेण्डर आह्वान – कैलारी पोष्ट
IMG_20250413_090338

धनगढी, ३० चैत । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ रामपुर कटैनी पुलका लागि बजेट विनियोजन भएसँगै निर्माणमा लागि टेण्डर आह्वान गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको ९ करोड ५० लाख बजेटमा निर्माण हुने पुलका लागि ३० दिने टेण्डर आह्वान भएको हो । पुल निर्माणका लागि बजेट सुनिश्चित भएसँगै टेण्डर आह्वान भएपछि यहाँका स्थानीय खुशी भएका छन् ।
गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्र बमले पुल निर्माण भएपछि वडाबासीको सयौँ वर्षको सपना पुरा हुने बताए । पुलका लागि बजेट सुनिश्चित र टेण्डरका लागि सूचना पनि जारी भएपछि वडा अध्यक्ष बमले वडावासी, स्थानीय तथा प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । उनले सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, पूर्वमन्त्री प्रकाश बहादुर देउवा, अर्थमन्त्री बहादुर थापा, प्रदेश सभा सदस्य घनश्याम चौधरी, भौतिक सचिव सुरत बम, भौतिक पूर्वाधारका प्रमुख रामचन्द्र खत्री, कैलारी गाउँपालिकाका प्रमुख राज समझ चौधरी र उपप्रमुख भगवति कुमारी चौधरी लगायत सम्पुर्ण सहयोगीलाई धन्यवाद व्यक्त गरेका हुन् ।

अध्यक्ष बमले पुलको बहुबर्षिय ठेक्का अनुसार निर्माणको कार्य हुने भन्दै दुई तीन वर्षभित्र निर्माण सम्पन्न हुने बताए ।
उनले भने, ‘रामपुर कटैनी नदिमा बन्ने पुलको लागि श्रोत सुनिश्चित भएसँगै टेण्डर पनि भएको अवस्था छ । यो पुलको बहुबर्षिय ठेक्का अनुसार काम हुनेछ, दुई तिन बर्षमा पुलको सम्पूर्ण निर्माणको कार्य सम्पन्न हुन्छ ।’
नदिमा पुल नहुँदा खासगरि बर्खाको बेला रामपुर, भुँइयाँफाटा, तिघरी लगायतका स्थानीयलाई ओहोरदोहोर गर्न निकै नै समस्या रहेको हुन्छ । उक्त ठाउँमा पुल निर्माणका लागि बिगत लामो समय देखि यहाँका स्थानीयले माग गर्दै आएका थिए । बर्खाको बेला नदिमा आउने बाढीले काठेपुल बगाउँदा यहाँका स्थानीयलाई झन सास्ती खेप्नु परेको छ ।
यता छटकपुर र बर्का बसन्ता कटैनी नदिमा पक्की पुल नहुँदा छटकपुर र बर्का बसन्ता सहित नारायण र मोहनपुरका स्थानीयलाई पनि ओहोरदोहोर गर्न निकै नै समस्या हुने गरेको छ । अध्यक्ष बमले बर्का बसन्ता कटैनी पुलका लागि पनि पक्कीपुल निर्माणका लागि पहल भइरहेको बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ