Screenshot_2025-05-05-20-53-39-720_com.facebook.katana-edit

चौमाला, वैशाख २१ । कैलालीको धनगढीम ४२ जनालाई बाख्रा वितरण गरिएको छ । राष्ट्रपति उत्थान कार्यक्रम तथा धनगढी उप–महानगरपालिकाको सहकार्यमा बाख्रा वितरण गरिएको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १७ का २२ जना विपन्न नागरिकलाई दुई/दुई का दरले ४४ बाख्रा वितरण गरिएको उप–महानगरपालिकाका महिला तथा बालबालिका साखा प्रमुख अनिता बुढाऐरले जानकारी दिनुभयो । यस्तै उप–महानगरपालिका वडा नम्बर १२ का २० जनालाई ४० वटा बाख्रा वितरण गरिएको हो ।

विपन्न, मुक्त कमैया, कमलरीलगायत आर्थिक रूपमा पछाडि पारिएका समुदाय लक्षित कार्यक्रम बमोजिम बाख्रा वितरण गरिएको हो । वडा नम्बर १७ र १२ मा उप–महानगरपालिकाका उप–प्रमुख कन्दकला रानाले बाख्रा वितरण गर्नुभएको हो ।

बाख्रा वितरण गर्दै रानाले अब यि बाख्राको संरक्षण गरेर दुईबाट चार हुँदै ८ बनाएर व्यावसायिक बाख्रा पालनमा लाग्न सुझाव दिनुभयो ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष शेरबहादुर महराले बाख्राबाट विपन्न नागरिक निकै सहयोग पुगेको बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ