हसुलिया। जेनजी पुस्ताहरुको आन्दोलनको क्रममा कैलालीको कैलारी गाउँपालिकामा गरिएको आगजनिबाट ठूलो क्षति पुगेको छ ।
गाउँपालिका कार्यालय र मातहतका नौ वटै वडा कार्यालयहरुमा जेनजी पुस्ताको नाममा अराजक समूहले क्षति पुर्याएका थिए ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा २४ गते साँझदेखि रातिको समयमा गाउँपालिका कार्यालय र वडा कार्यालयहरुमा क्षति पुपुर्याइएको थियो ।
वडा कार्यालयहरु जलेर ध्वस्त भएका छन् । जुन क्षतिका कारण गाउँपालिकाले हालसम्म सेवा प्रवाह गर्न सकेको छ्रैन । केही दिनयता भने, गाउँपालिकाले वडा कार्यालयबाट प्रवाह हुने सेवा पालिकाबाटै दिइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले बताए ।
हेर्नुहोस् क्षतिको पूर्ण विवरण