FB_IMG_1787183704181

सृष्टि सावित्रा
त्यति सजिलै कहाँ मान्छु,हार म पनि
धेरै कुरामा पुर्याउछु, विचार म पनि

पर्दाफास नगरी छोड्दिन,तिम्रो झुटको
बरु बस्न तयार छु, कारागार म पनि

कस्को मुल्य कसरी, तोकिरहेको छ
हरेकदिन नियाल्छु, बजार म पनि

जिब्रो काटिदिन्छौ कि कलम भाँच्छौ मेरो ?
अन्याय विरुद्ध बोल्छु,बारम्बार म पनि

तिम्रो अस्तित्व जोगाउन,सम्झौता गरेकी हुँ !
नत्र लडेर लिन सक्छु, अधिकार म पनि
सृष्टि सावित्रा ✍️

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ