जीत ट्रासन
भर्खरै
म बुकरालाई जलाएर
घोरुवामा बसेको छु ।
लैजाऊ पर गरिमाका चित्कारहरु
पाठशाला जाँदा आउँदा
बग्न देऊ खोलामा विद्यार्थीहरू
मर्न देऊ मण्डलामा मनोरोगीहरु ।
भर्खरै
केरा जो पाएर
बोक्रा खान बसेको छु ।
काली कर्णालीका कथाहरू
अनि
मधेशका व्यथाहरु
मलाई मन पर्दैनन्।
न देखाऊ मलाई
इतिहासका खरानीहरू
न बताऊ मलाई
जनताका कहानीहरु ।
म देशको सपथ खाएर
जनताको तक्दिर बदल्न
मन्दिर जो धाएको छु ।