धनगढी १३ चैत्र। धनगढीबाट उडेको श्री एयरको जहाज भैरहवा डाइभर्ट गरिएको छ।
शुक्रबार काठमाडौंको आकाशमा वायु प्रदुषण बढ्दा धनगढीबाट उडेको जाहज भैरहवाअवतरण गरेको हो। चार वटा जहाज काठमाण्डौको आकाशमा होल्ड गरिएको छ। हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सलाई आकाशमा होल्ड गरिएको हो।
प्रदुषणले जहाज अवतरणलाई चाहिने भिजिविलिटी नहुँदा उडान र अवतरण प्रभावित बनेको छ। पोखराबाट काठमाडौं आएको यति एयरको जहाजलाई जनकपुर पठाइएको छ । बुद्धको पोखरा, जनकपुर र राजविराजबाट आएको जहाजलाईसमेत जनकपुर डाइभर्ट गरिएको छ।
नेपालगञ्जबाट आएको बुद्धको जहाज भैरहवा पठाइएको छ । चन्द्रगढीबाट आएको सौर्य एयरको जहाज सोही विमानस्थलमा फर्काइएको छ । यसैबीच विमानस्थलको पौने ५ बजेको अपडेट अनुसार क्याथे प्यासिफिक जहाज भारतको दिल्ली डाइभर्ट भएको छ । अहिले भिजिविलिटी केही खुलेको छ ।