th

धनगढी२० बैशाख । कैलालीमा आज थप छ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । धनगढ़ी उपमहानगरपालिका—२ सरस्वती नगरका ४२ वर्षीय पुरुषको आज बिहान ५ बजे, लम्की चुहा नगरपालिका — १ का ३८ वर्षीय पुरुषको बिहान डेढ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका धनगढीले जनाएको छ।

यस्तै वडा नम्बर १० का ३५ वर्षीया महिलाको बिहान साढे चार बजे, धनगढी उपमहानगरपालिका—५ का ६० वर्षीया महिलाको बिहान ९ बजे, गोदावरी नगरपालिका—३० वर्षीय पुरुषको बिहान ७ बजे, कञ्चनपुरको भीमदत्त नगरपालिका — ७ का ६४ वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको हो । उनीहरुमध्ये चार जना सेती प्रादेशिक अस्पतालमा र दुई जनाको निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ