bardiya

बाँके । विसं २०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला सबैभन्दा बढी मानिसको मृत्यु भएको जनाए ।

निकुञ्जमा सन् २०१८ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो । सरकारले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता गर्दै आएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ