satuwa

हसुलिया सावन। सातौ थारू लघुकथा श्रृंखला सम्पन्न साथै आठौको लागी लघुकथा आह्वान गरिएको छ । सातौ लघुकथा श्रृंखला जूम मार्फत कैलारी पोष्टको फेसबुकबाट लाइव  प्रशारण भएको थियो भने जंग्रार साहित्यिक बखेरीको आयोजना गरेको थियो । 

कैलारी पोष्टको सहकार्यमा निरन्तर प्रत्येक महिनाको पहिलो सोमबार फेसबुकबाट लाइव  प्रशारण हुनेछ । यो सातौ श्रृंखलामा अग्रज साहित्यकार  छविलाल कोपिला समीक्षकको रुपमा उपस्थित रहेका भने साहित्यकार अनिल थारू “सहीद’”, कविता काव्य’ले “झप्कन्या” कोकिला चौधरीले “पुरान मेड्डी” र असिराम चौधरी काम बिशेषले ज़ूममा आउन नसके पनि साहित्यकार गणेश बर्तमानको आवाजमा र बाँकीले आफ्नो लघुखिस्सा आफ्नो आवाजमा सुनाउनु भयो ।  साहित्यकार गणेश बर्तमानले सहजीकरण गर्नुभयो भने साहित्यकार मोती रत्नले कार्यक्रममा प्रबिधि संयोजन गर्नुभएको थियो। समीक्षकको रुपमा आउनु भएका छविलाल कोपिलाले सबैजसो लघु’खिस्सामा थारू परिबेस रहेको चर्चा गर्नु भएको थियो र शब्द चयनमा पनि लेखकले ध्यान दिनुपर्ने, निरन्तर साधना गर्नुपर्ने, पुन: लेखन गर्नुपर्ने कुरा बताउनु भयो।

यूट्यूब च्यानलहरु तिम्रो पर्दा, कैलारी टि.भि. निमाङ थारू मीडिया र गणेश  बर्तमानको यूट्युबमा हरेक हप्ताको बिहीबार अपलोड हुनेछन  भने यस कैलारी पोष्ट मार्फत उक्त थारू भाषी लघुकथालाई अक्षरमा पढ्न सकिनेछ तर यसपाली लेखकबाट अझै रचना प्राप्त नभएकोले राख्न सकिएको छैन ।

यस श्रृंखलामा सहभागी हुनका लागी साहित्यकार गणेश बर्तमानको म्यासेन्जर तथा कैलारी पोष्टको म्यासेन्जर साथै ईमेल kailaripost@gmail.com र bartamanganesh@gmail.com मा लघुकथा पठाएर र ज़ूममार्फत  प्रत्यक्ष सहभागी हून सक्नुहुनेछ। श्रृंखलामा बाचन गरिएका सबै लघुकथालाई पिदिएफ पुस्तकको रूप दिएर अनलाइन प्रकाशन गरिने कैलारी पोष्टका सम्पादक मोती रत्नले जानकारी गराउनु भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ