१

धनगढी, २६ साउन। मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५९ नमूनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै १३२ जनाको रिपोर्ट निगेटिभ आएको छ । सोहि अवधिमा अस्पतालमा २ जना अस्पतालमा भर्ना भएका छन्, भने ५ जना डिस्चार्ज भएका छन् ।

हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन्। अस्पतालमा २ जना भेन्टिलेटर, ३ जनाको आसीयुमा उपचार भइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ