received_849266542338169-768x576

कैलारी पोष्ट संबाददाता ९ फाल्गुन। फुटबल प्रतियोगिता अन्र्तगत वडा नम्बर १ ले वडा नम्बर ६ लाई शुन्यको विरुद्ध २ गोल गर्दै खेलको विजेता बनेको छ । वडा नम्बर १ का खेलाडी टीका कुमाल र सुरेश चौधरीले १/१ गोल गरेका थिए । विजेता बनेसंगै वडा नम्बर १ ले नगद ६८ हजार सहित मेडल, ट्रफी र प्रशंसा पत्र प्राप्त गरेको छ । भने उपविजेता बनेको वडा नम्बर ६ ले नगद ३४ हजार सहित मेडल र प्रशंसा पत्र प्राप्त गरेको छ ।


महिला फुटबल तर्फ भएको फाइनल खेलमा वडा नम्बर २ ले वडा नम्बर ९ लाई शुन्यको विरुद्ध ५ गोल गर्दै विजेता बनेको छ । वडा नम्बर २ को खेलाडी सरस्वती चौधरीले ३ गोल र किरण चौधरी २ गोल गरेका थिए । विजेता भएसंगै वडा नम्बर २ ले नगद ६८ हजार सहित मेडल, ट्रफी र प्रशंसा पत्र प्राप्त गरेको छ । भने उपविजेता बनेको वडा नम्बर ९ ले नगद ३४ हजार सहित मेडल र प्रशंसा पत्र प्राप्त गरेको छ ।


यस्तै ब्याडमिन्टन तर्फको उपाधि वडा नम्बर ३ ले हात पारेको छ । उसले नगद ३० हजार सहित मेडल, ट्रफी र प्रशंसा पत्र प्राप्त गरेको छ । भने उपविजेता प्रतियोगिताको मुख्य प्रायोजक पुष्पलक्ष्मी कन्ट्रक्सन एण्ड सप्लायर्स भएको छ । उसले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रशंसा पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पनि नगद सहित पुरस्कृत गरेको छ । महिला फुटबल उत्कृट खेलाडीहरुमा वडा नम्बर ९ की किरण चौधरीलाई नगद ४ हजार, प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ता वडा नम्बर २ की उषाकिरण चौधरी र सरस्वती चौधरी(६/६ गोल) लाई जनही ४ हजार र उत्कृट खेलाडी वडा नम्बर ६ की सविना चौधरीलाई नगद ७ हजारले पुरस्कृत गरिएको छ ।
पुरुष फुटबल तर्फ गोलरक्षक वडा नम्बर १ का संजीप चौधरीलाई नगद ४ हजार, सर्वाधिक गोलकर्ता वडा नम्बर ६ का यूहन चौधरी (८ गोल) लाई ४ हजार र उत्कृष्ट खेलाडी वडा नम्बर १ का सुरेश चौधरीलाई नगद ७ हजारले पुरस्कृत गरिएको छ ।
भलिबल तर्फ उत्कृष्ट खेलाडी वडा नम्बर ७ का विनोद चौधरी नगद ७ हजार, उत्कृष्ट सतर्क वडा नम्बर ९ का अजय चौधरी नगद ४ हजार र लेफ्टर वडा नम्बर २ का लक्ष्मी दहितलाई नगद ४ हजारले पुरस्कृत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले विजयी टीम तथा प्रतियोगि खेलाडीलाई नगद, ट्रफी, प्रमाणपत्र सहित बधाई दिएका थिए । उनले खेलकूदका लागि गाउँपालिकाले अगामी दिनमा पनि आवश्यक बजेट विनोजन गर्ने भन्दै खेलकूदको माध्यमबाट गाउँपालिकालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनका लागि सम्पूर्ण खेलाडीलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवा, अखिल नेपाल खेलकुद महासंघ तथा कैलाली खेलकूद विकास समितिका पूर्व अध्यक्ष तिलक चौधरी लगायत मनतब्य राखेका थिए ।
कैलारी स्मार्ट समन्वय युवा क्लबका अध्यक्ष ज्ञानबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य सचिव लक्ष्मी दहितले गरेका थिए । भने कार्यक्रमका सञ्चालन क्लबका सल्लाहकार तथा प्रतियोगिता संयोजक मिशन चौधरीले गरेका थिए ।
कार्यक्रममा वडा नम्बर २ को बाल सखिया नाच, वडा नम्बरको झुम्रा नाच, मञ्जु चौधरी र संगीता चौधरीले डान्स प्रस्तुत गरेक थिए ।
कार्यक्रममा कैलारी गाउँपालिका लगायत प्रतियोगिताको मुख्य प्रयोजक, मिडिया पार्टनर, खेलकूदमा सहभागि टीम, रक्तदान गर्ने सम्पूर्णलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
कैलारी गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिता कैलारी स्मार्ट समन्वय यूवा क्लबको आयोजनामा भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ