FB_IMG_1634080696797

२७, असोज। कैलालीको गणेशपुरमा अाज बुधवार साँस्कृतिक कार्यक्रम हुने भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ४ गणेशपुरमा सांस्कृतिक कार्यक्रम हुन लागेको छ। यी कैसिन समाज नाटक समिति परिवारको आयोजनामा बडा दशैको अवसरमा बुधवार थारुहरुको ढिक्रवाको दिन यी कैसिन समाज भन्ने शिर्षकको नाटक प्रस्तुत गरिने आयोजक यी कैसिन समाज नाटक समिति परिवारले जानकारी दिएको छ ।

उक्त नाटकमा विषेश गरि समाजमा हुने सामाजिक बिकृति विसंगती र लैङ्गिक विभेदताका साथै धनी गरिव विचको भेदभाव समेतिएको संन्देश मुलक यी कैसिन समाज नामक नाटक प्रस्तुत गरिने कार्यक्रमका उदघोषक विरेन्द्र चौधरीले जानकारी दिनु भएको छ ।

बडा दशैको विशेष दिन थारुहरुले मनाउने ढिक्रहुवा पर्वका अवसरमा रातीजाग्रम गरिने र थारु संस्कृति संरक्षण गर्ने उद्देश्यले नाटक प्रर्दशन गर्न लागिएको आयोजकले जनाएको छ । भने कार्यक्रममा विषेश सहयोगी दनवार ग्रील एण्ड आइरन फर्निचर उद्योग पलहमानपुरले गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ