Tharu-Gau

हसुलिया, २६ असोज । थारु समुदायमा फूलपाती अर्थात आजको दिन पइनस्टोपी (ढिक्री पकाउने भाँडो) धुने चलन छ । थारु समुदायमा दशै मनाउने तौरतरिका बेग्लै छ ।

नेपाली समाजमा फूलपातीको दिनलाई जसरी धुमधाम गरि मनाउछन्।
थारु समुदायमा ज जसको घरमा देवता छन् उनीहरु आजको दिन पइनस्टोपी (ढिक्री पकाउने भाँडो) धुने, देवतालाई नुहाई धुवाई गरि सरसफाई गर्ने, देवथान लिपपोट गर्ने र ढिक्री पुज्ने सामाग्रीको जोहो गर्ने चलन छ ।

आजको दिन थारु समुदायका घरमा भएका फोहार चिज बाहिर फाल्ने, घरमा भएका माकुराका जालोहरु फाल्ने जसलाई झोलझराई भन्ने गरिन्छ । अष्टमीको दिन थारु समुदायमा आफ्ना देवतालाई ढिक्री पुज्ने गर्दछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ