tiger-ok2021-07-29-07-52-51

कार्तिक ०३ कैलाली । कैलालीमा नदि हेर्न गएका एक जना बाघको आक्रमणबाट घाईते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ५ नुक्लीपुर बस्ने सिरलाल चौधरीका २२ वर्षिय छोारा दिपक चौधरी बाघको आक्रमणबाट घाईते भएका हुन् ।
साथी संग कर्णाली नदीको पानी हेर्न जाने क्रममा टिकापुर पार्कको जङ्गल नजिक चौधरीलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाइएको छ । चौधरीको दाहिने काधँमा २ वटा प्वाल परेका छन् । घाइते चैधरीको अहिले टिकापुर अस्पतालमा उपचार भईरहेको छ । उनि सगै गएका अन्य चार जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ