Lajuram-Chaudhary1

हसुलिया,३ कात्तिक । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले बाढी प्रभावितहरूका लागि तत्काल ३ करोडको खाद्य बैंक स्थापना गर्ने भएको छ ।

बाढीले गर्दा भित्र्याउन लागेको ठूलो मात्रामा धानबालीमा क्षति भएपछि सो गाउँपालिकाले भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले खाद्य बैंक स्थापनाका लागि कोष स्थापना गर्ने लगायत निर्णय गरेको हो।

अध्यक्ष चौधरीले केही विकास बजेटलाई कटौती गरी तत्काल ३ करोड बराबरको रकम सोही कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।आइतबारदेखि परेको अविरल वर्षाले सो गाउँपालिका पनि डुबानमा परेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ