धान

मोती रत्न
के बँचाउ भन सरकार?
ज्यान बँचाउ की?
धान बँचाउ?
ज्यान बँचाउ भने मुखमा माड हाल्ने कसरी?
किनकी मैले आफ्नो सबै माना रोपे,
मुरी फलाउन,
मेहनत गरे,
लाला बालाको आशा भविष्य हेरी,
हड्डी घोटे,
सुकेको शरीरमा मासु भर्न,
आफु बाँची अरुलाई बँचाउन,
आफु हाँसी अरुलाई हँसाउन!
एउटा ठुलो उद्देश्य लिएर,
हिडेको म किसान,
पानी पर्यो बाढ़ी आयो,
सब सपना चकनाचुर गरायो,
गुहार गर्छु, हे सरकार,
आज म
के बँचाउ भन सरकार?
ज्यान बँचाउ की?
धान बँचाउ?
आज म रोएको बेला,
तिमी आँशु पुछ्न आउनु पर्छ?
मेरो घाउमा मलहम पट्टी बाँध्न आउनु पर्छ!
मेरो पिठ्यु सुम्सुम्याउदै,
चिन्ता नगर, हामी छौ?
सान्त्वना दिन आउनु पर्छ!
म साथमा छु भनी,
सहारा बन्न आउनु पर्छ!
आउनु भएन भने,
महोदय सरकार,
तिम्रो र मेरो नाता,
तोड़ी दिन्छु, म किसान,
आफु बाँची अरुलाई बँचाउने,
आफु हाँसी अरुलाई हँसाउने!
त्यों ठुलो उद्देश्य फिर्ता लिन्छु म!

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ