1

काठमाडौं, ११ फागुन/ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

‘यदी तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्,’ चितवनबाट मंगलबार साँझ प्रचण्डले भने।

उनले मूल पार्टीमा सांसदहरूलाई फर्कन आग्रह गरेका छन्।

ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा आउन र आफूहरू स्वागतका लागि तयार रहेको उनले बताए। सर्वोच्चले आज प्रतिनिधि सभा विघटनलाई बदर गरेको छ।

उनले देशैभर विजय र्‍याली र जुलुस गर्न अपिल गरेका छन्। प्रचण्डले राजनीतिक दलहरूसँग सहकार्य र समझदारी गरेर अब अगाडि बढ्ने बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ