कैलारी पोष्ट संबाददाता ११ फाल्गुन । प्रतिनिधिसभा पुनर्स्थापनाको खुशीयालीमा सुदूरपश्चिममा दीप प्रज्वलन गरिएको छ। नेकपा प्रचण्डमाधव नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापित भएको खुशीयालीमा दीप प्रज्वलन गर्दै पार्टी कार्यालय धनगढीमा विजयोत्सव मनाएका हुन् । दीप प्रज्वलन कार्यक्रममा प्रदेश ईन्चार्ज,सह-इन्चार्ज,मुख्यमन्त्री लगायतको सहभागीता रहेको थियो ।



दीप प्रज्वलन कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौगा, गाउँपालिका पार्टी अध्यक्ष बतासु चौधरी, पार्टी जिल्ला सदस्य मिसन चौधरी लगायतको उपस्थिति रहेको थियो ।


