धनगढ़ी, २२ कात्तिक । यात्री यूवा क्लबद्वारा आयोजित उपहार कार्यक्रमका विजेता कैलारी गाउँपालिका ८ का रमेश चौधरी (१३५९) ले हात पारेका छन् । क्लबले दशैं र दिपावलीको उपलक्ष्यमा उपहार कार्यक्रम सञ्चालन गरेको थियो ।
उपहार कार्यक्रममा पहिलो पुरस्कार १४ इन्चको एलसिडि मनिटर एक जनालाई, दोस्रो पुरस्कार लेडिस साईकल एक जनालाई, तेस्रो पुरस्कार बुफर सेट एक जनालाई र सान्त्वना पुरस्कारमा ५ जनालाई टर्च र १० जनालाई डायरी दिने दिने क्लबले निर्णय गरेको थियो ।
धनगढी उपनगरपालिकाका अवि चौधरी (१३२८) दोस्रो भएका थिए । त्यसै गरि कैलारी गाउँपालिका वडा नं. ८ का सर्मिला चौधरी (१७१२) तेस्रो भएका हुन ।
यस्तै सन्त्वना पुरस्कारमा नरेन्द्र साँउद (१५५३), अनुप चौधरी (२०१७), शिव जी (१३३८), सुरज कुश्मी (२१५०), सिता देवी चौधरी (११८६), हरिष चौधरी (१७६०), चन्द्रसिंह चौधरी (२३४६), प्राप्ती चौधरी (१८३०), जंगिप्रसाद चौधरी (२०२३), यूनिका चौधरी (१६८१), मनिता चौधरी (१३७९), शंकर चौधरी (१३०९), हिमान्सु चौधरी (१७४१), निरज चौधरी (२००८) र बृज चौधरी (१८०८) रहेका छन् ।
यस्तै उपहार कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, कैलारी गाउँपालिका वडा नं. ८ का यूवा श्रवण चौधरी, थारु पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष उन्नती चौधरी र विद्यार्थी नेता आशिष चौधरीलाई सम्मानित भएका थिए ।
कार्यक्रममा कैलारी गाउँपालिका वडा नं. ८ दुधिया गाउँका भल्मन्सा राजाराम, बाँधुराम चौधरी, परशुराम चौधरी, कलाकार रमेश मिसन चौधरी र खुशीराम चौधरीलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए ।