images

हसुलिया, कार्तिक २२ । कैलालीको कैलारी गाउँपलिका वार्ड नम्बर ५ मनिकापुरको न्यू मनिका स्मार्ट स्पोर्ट क्लबको आयोजनामा फूटबल पेनाल्टी सूटआउट प्रतियोगिता यही २५ गते हुने भएको छ ।
फूटबल पेनाल्टी सूटआउट प्रतियोगिताको मुख्य आकर्षणको रूपमा थारू पौराणिक सखिया नाच, स्टेज डांस र स्टेज गीत बिभिन्न कलाकारहरुबाट प्रस्तुत गरिनेछ। साथै प्रतियोगितामा सहभागी हुनलाई एक टीममा ७ जना हुनुपर्ने; खेल नकआउट सिस्टममा खेलाइने; इन्ट्री फी रु.३५०५/- साथै टीम दर्ता गर्ने अन्तिम दिन कार्तिक २४ गते साँझ ५ बजेसम्म प्रबीन चौधरी, मोती राम चौधरी, करण चौधरी र बांधूराम चौधरीलाई सम्पर्क गरी दर्ता गर्नुपर्ने कुरा आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा ५० टीमको अनिवार्य उपस्थिति हुनुपर्नेछ; कुनै बिबाद भएमा समितिको निर्णय मात्र मान्य हुने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगितामा विजय टीम प्रथम पुरस्कार नगद रु. ५५ हजार ५ रुपैया; दोस्रोलाई नगद रु. २५ हजार ५ रुपैया र उत्कृष्ट खेलाडी साथै उत्कृष्ट गोलरक्षकलाई उचित पुरस्कारको व्यवस्थाको गराएको छ।
प्रतियोगिताको कैलारी टिभी यूट्यूब च्यानल, कैलारी पोष्टको आधिकारिक फेसबुकबाट लाइव प्रसारण पनि गरिने कुरा आयोजकले जानकारी गराएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ