20200809115003_1596923819.Clipboard08

धनगढी । अहिले गहुँ खेती गर्न रासायनिक मलको अभाव झेली रहेका र मल अभावका कारण समयमै गहुँ छर्न नपाए उत्पादनमा ह्रास आउने चिन्तामा रहेका किसानलाई डिएपि मलको विकल्प रोज्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीले आग्रह गरेको छ । 

सुदूरपश्चिम प्रदेशमा गहुँ छर्ने सिजन चलिरहेका बेला रासायनिक मल (डिएपि) को अभाव खेपिरहेका किसान लाई वैकल्पिक मलको प्रयोग गरी मल अभावको समस्या घटाउन धनगढी स्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले आग्रह गरेका हुन् ।

पाण्डेले धनगढी खबर सँगको कुराकानीका क्रममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड सँग (डिएपी) मल मौज्दात नरहेको जानकारी दिए । उनले युरिया पनि भैरहवाबाट केही परिमाण मगाइए पनि पर्याप्त नभएको बताए ।

त्यस्तै, पाण्डेले किसानले डिएपपिको सट्टामा प्रदेश सरकारले अनुदान दिएको (एमोनियम सल्फेट) मल २५० मेट्रिक टन मौज्दात रहेकोले (डिएपि) मलको बद्ला मा प्रयोग गर्न सक्ने बताए । पाण्डेले (डिएपी) मलको सट्टामा सो मल कयौँ गुना राम्रो भएको र त्यो आफूहरू प्रमाणित गरेर समेत देखाउन सक्ने बताउँदै प्रदेश सरकाले अनुदान दिएको हुँदा मूल्य समेत (डिएपि) मलको जत्ति नै पर्ने बताए । यद्धपी मात्र भने केही बढी हाल्नु पर्ने उनले बताए । 

”साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई जुन नेपाल सरकारले अनुमति दिएर (सिङ्गल सुपर सल्फेट र एमोनियम सल्फेट) दिएको छ । यदि किसानले त्यो प्रयोग गर्ने हो भने उहाँहरूलाई (डिएपि र युरिया) को पछाडि दौडी नै पर्दैन । हामीले त्यही अनुरोध गछौं । हामीले स्थानीय सरकारलाई र स्थानीय तहका अधिकृत ज्युहरू लाई भनेका छौँ कि तपाईँहरू किसानलाई सम्झाई दिनुस्, कृषि शाखाका प्रमुख ज्यु हरूलाई सम्झाई दिनुस् । खाली यौटै कुराको पछाडि न दगुर्नुस् । विकल्प छ ।” उनले भने । 

साथै, पाण्डेले देशभरिका सात वटै प्रदेशमा सुदूरपश्चिम प्रदेश सरकार किसानलाई मल अनुदानमा दिने पहिलो प्रदेश सरकार भएको बताउँदै, सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूलाई समेत किसानहरूलाई सहज रूपमा मल आपूर्ति गर्न जागरूक हुन आग्रह गरेका छन् । भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड आफूले गर्नु पर्ने काम, कर्तव्य जिम्मेवारी र सहयोग गर्न सधैँ तयार रहेको दाबी गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ