aakash-pt2021-02-16-09-50-32.2021-02-24-06-59-57

काठमाडौँ १२ फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सफा  रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन र चट्ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 आज राति देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरूमा मौसम सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्ट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ