Screenshot_20220717-230257_Facebook

धनगढी: कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले कमैया मुक्ति दिवस अर्थात् साउन २ गतेका दिन स्थानीय विदा दिएका छन्।  २०५९ साल साउन २ गतेका दिन सरकारले कमैया मुक्ति घोषणा गरेको थियो। एक विज्ञप्ति जारी गर्दै टीकापुर र जानकीले स्थानीय विदा दिएका हुन्।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुद्धारा जारी विज्ञप्तिमा भनिएको छ,  ‘कमैया मुक्त भएको अवसरको दिन यस नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संघसंस्था लगायत सरोकारवाला सम्बद्ध सार्वजनिक निकायहरुमा एक दिने स्थानीय विदा दिने निणर्य भएको छ’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ