Screenshot_20220717-231032_Facebook

धनगढी, १ साउन । कैलालीको कैलारी गाउँपालिका–७ स्थित बसन्ती सामुदायिक वनमा आइतबारदेखि वृहत बृक्षारोपण कार्यक्रम सुरु भएको छ ।
सामुदायिक वनको ठेपरिनिया भन्ने ठाउँको खाली रहेको १६ बिघा जमिनमा वृक्षारोपण सुरु गरिएको हो । कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले वृक्षारोपण गरेर सो कार्यक्रमको उद्घाटन गरिन ।
सो क्रममा उनले रुख मानव जीवनका लागि अति आवश्यक रहेको बताइन् । रोपिएका विरुवाहरुको संक्षण पनि हुनु पर्ने उनको जोड थियो । सो ठाउँमा विभिन्न जातका १० हजार बोटविरुवा रोपिने कैलारी गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले बताए ।
गाउँपालिकाको आर्थिक सहयोगमा सब डिभिजन वन कार्यालय बसन्तामा तयार भएको उक्त बोटविरुवाा रोप्न लागेको उनले जनाए । वृक्षारोपण कार्यक्रममा बसन्ती सामुदयिक वनका अध्यक्ष जुगराम चौधरी, बसन्ता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बालकराम चौधरी, सव डिभिजन वन कार्यालयका प्रतिनिधि, बसन्ताका स्थानीयको सहभागितामा रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ