
हसुलिया, २४ भदौ । कैलालीकाे कैलारी गाउँपालिका–७ विपतपुर मुक्तकमैया बस्तीकाे २७ आगलागी पीडित परिवारकाे घर निर्माण प्रक्रिया सुरु भएकाे छ।
सुदूरपश्चिम प्रदेशकाे भुमि व्यवस्था तथा कृषि मन्त्रालयकेाे आर्थिक सहयोगमा कैलारी गाउँपालिकाकाे पहलमा हेविटयाट नेपालकाेप्रा विधिक सहयोगमा घर निर्माण हुदै छ गाउँपालिकाकाे प्रवक्ता तथा वडा–७ काे अध्यक्ष दिपेन्द्रबहादुर बम बताए ।
गत बैशाख ११ गते भीषण आगलागी भएर विपतपुर मुक्तकमैया बस्तीकाे २७ पूर्णरुपमा क्षति भएकाे थियाे । आगलागीबात पुर्ण रुपमा क्षति हुइल घर निर्माणकाे लागि घर नक्सा, घरकाे मोडल तयार र जग्गा नापजोख भएकाे वडा अध्यक्ष बम बताए। निर्माण हुने २७ घरकाे मापदण्डकाे लागि नक्सा गाउँपालिकाबात पास गर्नु पर्ने बाँकी रहल रहेकाे छ।
हेविटयाट नेपालकाे कार्यक्रम संयोजक राममनि चौधरी २७ घर निर्माणकाे लागि प्रक्रिया अगाडि बढेकाे बताए। जसमा दुई वता कोठा बरण्डा, जसमा जोडिएकाे एक वता भान्सासहित चर्पी रहने छ । कोठाकाे साइज १० वाई १२ रहने छ । घरकाे देवाल पीभिसी व्लक र माथिकाे छाना रहनेछ ।

घर निर्माणकाे लागि वेसलाईन सर्वे गरि विपतपुर गाउँमा घरनक्सा देखाएका छाै’ संयोजकले भने, ‘अब इष्टिमेट गरि अगाडी बढाइने हो । निर्माणकाे काम दशैं अगाडी सुरु गर्ने सोच बनाएका छाै। आचारसहिताले नराेके सुरु गर्न सकिन्छ । विनियोजन भएकाे रकममा कुनै आचारसहिता नराेके पक्का काम सुरु हुन्छ।’
विपतपुर बस्तीमा कित्ता नमिलेकाेले मिलाउने काम हुइटी हुँदै गरेकाे छ । यस्तै सुदूरपश्चिम प्रदेशकाे भुमि व्यवस्था तथा कृषि मन्त्री विनिता चौधरी शुक्रबारकाे दिन अवस्था बुझ्न विपतपुर मुक्तकमैया पुगेका थिए।