Advertisements
काठमाडौं : सरकारले बेलायती महारानी एलिजावेथको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ २५ गतेदेखि २७ गतेसम्म शोक मनाउने र देशभरिका सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो। संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनमा नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै महारानीको दिगंवत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ। सरकारले बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति समवेदना प्रकट गरेको छ। अन्नपूर्णबाट