FB_IMG_1674094667022


~डा. विदुर चालिसे

दम्भ र अहङ्कारले चूर भएका महाजनहरू एकदिन सल्लाह गरिरहेका थिए । एक अर्काप्रति शङ्का, शंसय र चालबाजीले तिनीहरूकाे निंदहराम भएकाे थियाे । सबैजना जर्याकजुरूक उठेर आफ्नै तालमा उनीहरू जादुगरकहाँ पुगेर विन्ति गरे ।
–“प्रधानमन्त्री बनाइदेऊ !”
जादुगरले स्वस्थानी पढ्दै सबैलाई पालैपालाे पदासिन गराइ दिने कथा सुनाए । अघिपछि उनीहरूलाई माैसमले च्यालेन्ज गर्थ्याे । यसपटक तिनले माैसमलाई च्यालेन्ज गर्न आफै लागे। तैयव सुट्ट भट्टितिर छिर्याे । एक पेग लगायाे । बाहिर निस्क्याे । हल्ला गर्न लाग्याे । हल्ला गरेर पनि पुगेन । समाजका शालिन मान्छेहरूलाई हात छाेड्न थाल्याे । कराइरह्याे ।
–“किन चाहियाे ?”
प्राणेश्वर अर्काे छेउबाट ढल्पलिंदै आयाे । उसले पनि तैयवकाे स्वरमा स्वर मिलायाे । उसकाे स्वरमा स्वर मिलाएर भन्याे ।
–“यत्राेविधि किन चाहियाे !”
रामदासकाे हालत त्यस्तै थियाे । उनीहरू सबैले मिलेर उधुम मच्चाउन लागे । तिनकाे हावभाव, स्वभाव र शैली अचम्मकाे थियाे । स्वास्थ्यविज्ञानले उनीहरूलाई प्यारालाइज्ड ठाने पनि मनाेविज्ञानले तिनलाई मनाेराेगीकाे रूपमा ठान्थ्याे । त्यसैले उनीहरूकाे वास्ता कसैले गर्दैन थिए । जब एक झापड खाएर तैयव तब अर्काेतिर लाग्याे । उसलाई भट्टिवालले हेरिरहयाे ।
बाँकी दुईजना पनि फेरि कराउँदै हिंड्न थाले ।
–“चाहियाे, अब हामीलाई पनि चाहियाे ।”
बाटाेमा हिंडिरहेका मान्छेहरू तिनकाे हल्लाखल्ला र रूवाइत सुनेर साेध्न थाले ।
–“फेरि अब के चाहिएकाे ?”
–“सार्वभाैम सत्ता !”
–“कुन चिन्हकाे ?”
–“पान चिन्हकाे !”
–“लाै, त्याे त पल्टिसक्याे !”
त्यसपछि उनीहरू निकै बाैलाहाझैं कराइरहे । लामाे बाटाे हिंडे पछि उनीहरूले पिएकाे मध्यपानले पनि छाेड्दै गयाे । बाटाेमा भेटिएका एक पत्रकारले तिनका लागि बनाइदिएकाे बेहाेसी कथा पढिरहे ।
–“उल्टाे सत्ता !”
उनीहरूले बाटाेमा कराउँदै दुनिया अगाडि फेरि पिल्पिलाउँदै भन्नथाले ।
–“परिवर्तनकाे रङ !”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ