गणेश बर्तमान
गाउँ, गाउँमा सिंहदरबार छिरेपछि
मलाई गाउँ,गाउँ जस्तो लाग्दैन ।
हिजोका सर्वहाराको झुपडि फिरेपछि
मलाई शहर,शहर जस्तो लाग्दैन
माया छैन ,केही भावना छैन रत
मलाई मान्छे,मान्छे जस्तो लाग्दैनन्
अनुयायीहरु काट्मारलाई धर्म ठान्छन्
मलाई धर्म,धर्म जस्तो लाग्दैन
कागजमा लेखिएको कहानि झै च्यातिने
मलाई कर्म,कर्म जस्तो लाग्दैन
तिमिमा भएका तत्वहरु यता सरेपछि
मलाई म,म जस्तो लाग्दैन ।