cb4dfcd8-fd1d-4669-8290-438a56613d39

कैलाली । वर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरू सो नदीमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।

उनीहरू नदीपारि अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट फूलबारीबाट खटिएको सुरक्षा फौजले र्‍याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो । यसैगरी सोही उपमहानगरपालिका–१५ स्थित कनरी गाँउमा खटिया नदीमा पानीको बहाव बढ्न गई डुबानमा परेका ७ घरपरिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ