हसुलिया। पश्चिमा थारु समुदायले मनाउने साँस्कृतिक पर्व गुरही पर्वबारे गलत सुचना प्रवाह गरेकाे भन्दै थारु अगुवाहरुले तत्काल सच्याउन माग गरेका छन।
हाम्राे पात्राेले एप्पले आफु खुशि या कसैको सल्लाहमा यसो गर्यो? गलत र मनगढन्ते सुचना प्रति घाेर आपत्ति व्यक्त गरेका छन। गलत सुचना तत्काल पात्राेबाट हटाइयाेस्। स्मरण रहाेस् गुरही पर्व साउन २५ गते पर्दछ भनी थारु अगुवा शत्रुघन चाैधरी भन्नुहुन्छ। यस्तै थारु समुदायकाे सँस्कृति सस्कारलाई सकाउनेहरुकाे घाेर विरोध गराै भन्दै नन्दु राज चाैधरी आक्रोश पोख्नु हुन्छ।
गुरही मितिको बिषय मलाई धेरै गम्भीर लाग्यो । थारु अध्यक्ष रहल गाउँपालिका सावन १ गते गुरहि टिहुवारको विदा दिएको तथा हाम्राे पात्राे एप्पले पनि सावन १ गते थारु गुरही पर्व राखेको छ। थारु अगुवा, बुद्धिजीवी, थारु संघसंस्था,पत्रकार, शिक्षक, विद्यार्थी सबै मिली आ-आफ्नो सच्याउनलाई दबाब दिन कम्तीमे विज्ञप्ति त निकाल्नु पर्यो। भन्दै थारू साहित्यकार तथा कैलारी पोष्टका सम्पादक मोती रत्न भन्नुहुन्छ।
गुरही बा साउन २५ गते। ओ, जाेशिपुर गाउँपालिका ओहोर ओकर विला डेहटा साउन १ गते। लागठ, पालिकावालाेन् सवन्या, हरडहवा असार ३१ गते जाे लाग गैलिन्। भन्दै कटाक्ष पाराले थारु विज्ञ डा. कृष्णराज सर्वहारी भन्नुहुन्छ।
यो गुरिया विदा निर्णय एकदमै गलत छ। यो निर्णयलाई गापाले तुरून्त सच्याउनु पर्छ। सावन २ गते कमैया मुक्ति दिवसको विदा ठिकै हो। तर थारूहरूको गुरिया पर्व चाँही सावन १ गते होईन। थारूहरू गुरिया नागपञ्चमीको दिन मनाउँछौ यो गापा अध्यक्षलाई अवगत हुनु पर्ने हो। भन्दै अशिराम डगाैरा भन्नुहुन्छ।
स्मरण रहाेस् जाेशिपुर गाउँपालिकाले स्थानीय विदा सम्बन्धी सुचनामा मिति २०८१ साउन १ गते मंगलबारका दिन थारुहरुकाे महान पर्व गरिया र २ गते बुधबारका दिन मुक्त कमैया दिवसकाे अवसरमा यस जाेशिपुर गाउँ पालिकाकाे कार्यलय, वडा कार्यालयहरु, स्वास्थ संस्थाहरु तथा शैशिक संस्थाहरुमा स्थानीय विला दिने गाउँ पालिकाबाट मिति २०८१/०३/३१ मा निर्णय भएकाे हुँदा सम्बन्धित सबैमा जानकारीका लागि याे सुचना प्रकाशित गरिएकाे छ भन्दै चित्र बहादुर चाैधरी अध्यक्षकाे हस्ताक्षर रहेकाे छ। जाेशिपुर गाउँपालिका अध्यक्षलाई यसबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन।