IMG_20250206_124620

हसुलिया, २४ माघ । नेपाली काँग्रेसके थारु विभाग र नेपाल थारु संघ कैलालीको पहिलो जिल्ला भेला यही माघ २६ गते कैलारी गाउँपालिकाको हसुलियामा हुने भएको हो।

नेपाली काँग्रेसके भातृ संगठन नेपाल थारु संघ कैलालीको आयोजनामा पहिलो जिल्ला भेला हुने नेपाल थारु संघके जिल्ला अध्यक्ष लक्ष्मी नारायण चौधरी जनाए ।

जिल्ला भेलामा भव्यताको साथ सम्पन्न गर्नका लागी १९ सदस्यीय मुल तयारी समिति गठन गरेको समिती संयोजक तथा जिल्ला अध्यक्ष चौधरीले बताए ।

भेलाको प्रमुख अतिथि नेपाली काँग्रेसके केन्द्रीय सदस्य नेपाल सरकारके परराष्ट्र मन्त्री आरजु राण देउवा रहने आयोजक जनाएको छ । जिल्ला भेलामा नेपाली काँग्रेसमे आवद्ध कार्यकर्ता, उ पार्टीप्रति आस्था राख्नेहरू, पार्टीका नेताहरु, पार्टीको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नेपाल तरण दल, नेपाल विद्यार्थी संघ, किसान संघ, महिला संघ, दलित संघलगायत विभिन्न विभागको प्रतिनिधिहरुको सहभागिता रहने जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ