मानबहादुर चौधरी । कंञ्चनपुरमा महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ। उनी कृष्णपुर नगरपालिका वडा न.०१ निगालीका ३० वर्षीया कमला दमाईको सर्पको टोकाइबाट मृत्यु भएको हो।
कृष्णपुर नगरपालिकाले छाउपडी प्रथा बिरुद्ध प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टद्वारा ह्स्तरित बिज्ञप्ती निकालेको छ। त्यसमा लेखिएको छ १५ दिन भित्र आ-आफ्नो वडामा अनुगमन गरी छाउपडी गोठमा अनिवार्य रूपमा भट्काउन आदेश जारी गरेको छ भने कार्यन्याउन नगरे १० हजार सम्मको जरिवाना हुने बताएको छ।
एकाइसौ शताब्दीमा छाउपडी प्रथा रहनु सभ्य समाज निर्माणका लागि बाधक र दुर्भाग्यपूर्ण छ । कृष्णपुर नगरपालिकाले छाउपडी प्रथाका विरुद्ध गतिविधि गरिरहेको छ । गत बर्ष मात्रै कृष्णपुर नगर पालिकाले वार्ड न. १ को कुमगडा क्षेत्रमा ४ बटा छाउपडी गोठ भत्काएका थियो । भविस्यमा यस्ता छाउपडी गोठलाई हामी निर्मुल पार्नेछौ । यस्का निमित्त कृष्णपुर नगरपालिका जस्तो सुकै कठोर कदम चाल्न तयार छ भनी कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा भन्नुहुन्छ।
महिनावारीजस्तो प्राकृतिक प्रक्रियालाई अशुद्ध ठानी महिलाहरूलाई समाजबाट अलग्याउने परिपाटी छाउपडी प्रथा हाम्रो समाजमा अझै पनि कति गहिरो गरी जरा गाडेर बसेको छ भन्ने कुराको प्रमाण यो जल्दोबल्दो घटना हो। सिर्जना र जीवन दिने नारीलाई यस्तो अपमानजनक व्यवहार गर्नु केवल अज्ञानता, अन्धविश्वास र कुप्रथाको उपज हो। हामी चेतनशील, समानतामूलक समाज निर्माण गर्ने दाबी गर्छौं। तर यथार्थमा यस्तो अमानवीय अभ्यास आज पनि जीवित देख्दा अत्यन्त पीडा लाग्दछ भनी छाउपडी प्रथा पालन गर्नेहरुको बिरोध भई रहेको छ।