Screenshot 2025-07-13 211103

धनगढी। थारु चलचित्र उद्योगका अभिनेता संगत थारु प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ बाट सम्मानित भएका छन् ।

२१२ औं आदिकवि भानु जयञ्ती तथा साहित्यिक, सांस्कृतिक उत्सव समारोहको अवसरमा आज आइतबार धनगढीमा आयोजित एक कार्यक्रमकाबीच उनलाई नगद ५० हजार धनराशीसहित पुरस्कृत गरिएको हो ।

उनलाई नाट्य तथा चलचित्र विधा अन्तगत पुरस्कृत गरिएको छ । झण्डै अढाई दशकदेखि सुदूरपश्चिम प्रदेशको कला र संस्कृति संरक्षणमा योगदान दिएको भन्दै पुरस्कृत गरिएको जनाइएको छ । उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्कामार्फत पुरस्कृत गरिएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ