Screenshot 2025-07-13 203158

धनगढी । लेखक इन्द्र चौधरीको ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ पुस्तक विमोचन गरिएको छ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आइतबार धनगढीमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच सो पुस्तक विमोचन गरिएको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीलगायतबाट संयुक्त रुपमा विमोचन गरिएको हो ।
शिक्षण पेशामा रहेका लेखक चौधरीले विमोचन गरिएको पुस्तक सुदूरपश्चिम प्रदेशका थारु संस्कृति र लोककथामा आधारित अनुसन्धानात्मक रहेको साथै ७ औं कृतिको रहेको बताएका छन् । सो पुस्तकलाई आकर्षक बनाउन निकै सुन्दर तस्बिर बनाइदिनु भएकोमा प्रिय कलाकार भाइ दिपक चौधरीले बनाउनु भएको हो।
सिर्जनशील युवा भाइको नौलो कृति पाइएको छ । हालै प्रकाशित यस कृतिले सुदूरपश्चिमको लोकसाहित्य र संस्कृतिको संरक्षण सम्बर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । बिशेषतः थारू लोक जीवनका आयामहरू अध्ययनका लागि पनि यस कृतिको भूमिका रहने छ भनी साहित्यकार जगदीश ओझाले भन्नुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ