Screenshot 2026-03-03 144837

अघिल्लो चुनावमा समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) पहिलो भएको थियो। तर यसपटक यो तेस्रो स्थानमा पुगेको छ। नेपाली कांग्रेसले पनि समानुपातिकतर्फ एमालेलाई पछि पारेको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म ९८ लाख ७८ हजार ४५२ मत गणना भइसकेको छ।

यसमा राष्ट्रिय स्वतन्त्र पार्टी ले ४७ लाख ५६ हजार ७७६ मत ल्याएर पहिलो स्थानमा छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १५ लाख ९७ हजार ७७० मत पाएको छ। एमालेले १३ लाख ३३ हजार ९९५ मत पाएको छ। कांग्रेस र एमालेबीच २ लाख ६४ हजार ३७५ मतको फरक छ।

यस हिसाबले कांग्रेसले समानुपातिकतर्फ एमालेभन्दा करिब ३ सिट बढी जित्ने सम्भावना देखिएको छ।

समानुपातिकतर्फको मतगणना अब अन्तिम चरणमा पुगेको छ।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १८ सिट जितिसकेको छ। एमालेले ८ सिट जितेको छ र १ ठाउँमा अगाडि छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ