FB_IMG_16169135774245622

हसुलिया, १५ चैत । कैलाली जिल्लाकाे कैलारी गाउँपालिका-५, बैजपुर गाउँ स्थित जुन हुलाकी सडकमा पर्ने कटैनी नदीको पुल नजिकै भरखरै ट्रेक्टर ट्रली पल्टिएको छ। दुर्घट्नामा भने कुनै मानविय क्षति भएको छैन।

तस्बिर प्रबिन बौखहि

हुलाकी सडक विस्तार गर्ने क्रम्मा पुलको साईडमा ढुङ्गाजाली भर्नको लागि ढुङ्गालाई अनलोड गर्ने क्रम्मा ट्रेक्टर पल्टिएको ह‍ो भनेर टेक्टर चालकले जानकारी गराउनु भयाे। ट्रेक्टर चालक सकुसल नै रहेका छन कुरा हाम्राे संवाददाता प्रबिन बौखहिले जानकारी गराउनु भयो।

सागुरो बाटोमा ब्याक गरेर ढुङ्गा खसाल्नु पर्ने भएकोले त्यसमा पनि नयाँ पटानी गरेको माटो भएकाेले यस्तो दुर्घटना भएकाे हाे। दुर्घटनाले केही समयको लागि अावतजावतको लागि बाटो ठ्प्प भएको थियो। केही समयपछि गाउँपालिकाको डोजर लगाएर ट्रेक्टर ट्रलि लाई हटाएर अहिले बाटो खोलिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ