FNJ-logo
Advertisements

धनगढी,१५ चैत । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट ५ पत्रकारले उम्मेदवारी दर्ता गराएका छन्। भरत शाह,उत्तर सिंह बिष्ट,मान बहादुर साउद,रामसिंह ठगुन्ना र सुरेश पन्तले महासंघ केन्द्रीय समितिको चैत २५ गते हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

शनिबार पाचै जना पत्रकारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। प्रत्यक्ष रुपमा भइरहेको निर्वाचनमा सम्पूर्ण मतदाता आमपत्रकारहरूबाट सहयोगको अपेक्षा रहेको उनिहरुले  बताका छन् ।

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । भने प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट उम्मेदवारी  छ । यस्तै स्वतन्त्र रुपमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ