हसुलिया, १६ चैत। कैैैलाली जिल्लामा सबैजसाे ठाउँमा सामुहिक रुपमा ढुरहेरिको चिर डहन गरेका छन।
ढुरहेरी (होली) अर्थात रंगअबिर को तिहार (होलि) थारु समुदायमा पनि मनाउने गर्दछन। यो ढुरहेरी/होली तिहार समामुहिक रुपले मनाउनु पर्ने तिहार भएकोले गाउँका किसान, युवाहरु आफ्नो गाउँको दक्षिण गाउँको अन्तिम सिमानामा गई त्यहाँ खाल्टो खनी शिमलको सानो हाँगा या रेरुको बोट त्यहि खनिएको खाल्डोमा शिमल या रेरुलाई ठाडो पारेर खाल्डोमा पुर्ने गर्दछन । र त्यहि गाडिएको शिमलको रुखमा सुकेको खर या सुकेको तोरिको पिनालाई रुखको फेंद देखि माथि सम्म पिनाले ढाकेर अागो लगाउँछन। यसरी आगो लगाएर सबै किसानले अा-अाफ्नो घरको लागि सुकेको गोबर कंन्डा, गुईंठामा आगो सल्काइ घरमा लग्ने गर्छन।
एक आपसमा मिसाईकाे काँचाेे चामल र मिठाई लाई सामुहिक रुपमा प्रसाद बाँडेर मुख मीठो गरि खुशि मनाउछन र कंन्डा, गुईंठाको आगोलाई घरमा लगेर रातभरि न निभाएर बचाएर राखेका हुन्छन । बिहान त्यहि आगोले घरमा बिहानको खाना पकाउने गर्छन र यो थारु समुदायको लागि नयाँ आगो को रुपमा लिने गर्दछन । यसरी गर्दा घरमा श्रीसम्पति बरकट आउँछ( बढ्छ) जनबिश्वास छ भनेर स्थानिय भुतपुुर्ब भलमन्सा प्रकाश बौखहिले भन्नू भयो।
यसरी साझ ढुरहेरी (होलि)को चिर डहन गरि सकेपछि भोलि बिहान त्यहि चिर डहन गरिएको ठाउँमा थारु गाउँसमाजका महिलाहरु सामुहिक रुपमा आगो निभाउन जान्छन र आगो निभाए नाच्दै रमाउदै घर फर्किन्छन। थारु समुदायमा पनि गाउँ-ठाउँ अनुसार केही फरक रिति संस्कृती हुन्छ। बैजपुर गाउँमा चिर( होल्का)लाई बिहान निभाउन जादैनन। एकै चोटि बिहान पुरुष किसान, युवाहरु गाउको डेउथान, रजावर मरुवामा गई गाउँको देवतालाई रंग अबिरले सब भन्दा पहिले ढुरहेरी होलीले रंगाउछन। त्यहि रजावर मरुवाबाट एक आपसमा रंगअबिर दली, छ्यापि खुशि मनाउँदै त्यहि बाट, त्यहि समयबाट नै ढुरहेरीको सुरुवाट भएको सबैलाई अनुमति दिएको हुन्छ भनेर बौखहिले जानकारी गराए।