1593153501.vitamin-A2021-04-08-05-37-52

काठमाडौँ,२६ चैत । सरकारले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।दोस्रो चरणअन्तर्गत वैशाख ६ र ७ गते  ६ बर्ष मुनिका बालबालीकालाई  भिटामिन ‘ए’ क्यापसुल र जुकाको औषधी खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

१ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइनेछ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएकाले मन्त्रालयले स्वास्थ्य सजगता अपनाउँदै अभियान सञ्चालन गर्न आग्रह गरेको छ। यसअघि पहिलो चरण अन्तरगर्त गत  मंसिर ११ र १२ गते भिटामिन ए र जुकाको औषधि खुवाइएको थियो। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ