हसुलिया, ३० चैत । रोजगारी सृजना गर्ने उद्देश्यले कैलारी गाउँपालिकाको सुर्मिनालामे किरण–नेपालद्वारा संचालित सात दिने खाजा नास्ता बनाउने तालिम सोमबारको दिन सम्पन्न भयो ।
यही चैत २४ गते सुरु भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथि कैलारी गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष कैलाश चौधरी रहेका थिए र तालिमका सहभागीहरुलाइ संस्थागत प्रमाणपत्र पनि दिएका थिए ।कार्यक्रममा रेष्ट कैलालीको अध्यक्ष रमेश चौधरी, बसन्ता सिएफसिसिके अध्यक्ष रामबहादुर चौधरी, बसन्ता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडके व्यवस्थापक दुलीराम चौधरी, सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी हसुलियाको प्रबन्धक लोकेन्द्र बखरिया, अप्रवासी नेपाली ध्रुुवचन्द्र चौधरी, उत्तर भर्रीका भीखराम चौधरी लगायत मन्तव्य व्यक्त गरेका थिए ।
तालिम समापन कार्यक्रम संस्थाको अध्यक्ष अमृत चन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । तालिममे कैलारी गाउँपालिका वडा नम्बर १, ३, ४ वडाको ८ महिला र ४ पुरुष गरी १२ जना सहभागी भएका थिए। कार्यक्रम सुर्मिनाला रोशन होटलको संचालक रुपा चौधरी प्रशिक्षण दिएकी थिइन । कार्यक्रम संचालन संस्थाको सदस्य दिनेश चौधरी ‘संगम’ गरेका थिए ।