Advertisements
धनगढी, ६ बैशाख। कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।
सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्ने समेत जनाएको छ । कोरोनाको अवस्थालाई हेरेर आगामी १० दिन पछि सबै विद्यार्थीहरुको परीक्षा गर्न सकिने समेत निर्णय गरेको हो ।