accident-1200x560_20201126095622
Advertisements

कैलालीमा छुटुटाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा टिकापुर नगरपालिका १ बस्ने ६० वर्षीय राजु चन्दको मृत्यु भएको छ। सत्तिबाट टिकापुर आउनेक्रममा टिकापुर ५ मौरानियामा चन्दले चलाएको से ७ प १३४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो । पछाडी सवार सोही ठाउँका ४५ वर्षीय अनिल जोशि घाइते भएका छन्।

आइतबार राति ८ बजेको समयमा भएको उक्त दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा चन्दको बाटोमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

यस्तै कैलालीको लम्कीचुहा नगरपालिकामा सवारीसाधनले ठक्कर दिएको अवस्थामा घाईते भएका एक जनाको मृत्यु भएको छ । लम्की चुहानगरपालीका वडा नम्बर ३ खैरेनिस्थित पूर्वपश्चिम राजमार्गमा नाम र ठेगाना नखुलेका ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी आइतबार सडकको वाँया साइडमा घाइते अवस्थामा फेला परेका थिए। उनलाई सवारीसाधनले ठक्कर दिएको हुनसक्ने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। प्रहरीका अनुसार ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ। ती पुरुषको शव टिकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ