163792967_151045206904765_4537430759438498597_n-2
Advertisements

धनगढी ४, बैसाख। बसन्ता वन क्षेत्रमा दुई किलोमिटरमा रोकिएको हुलाकी राजमार्ग विस्तारको लागि कानूनी बाटो खुले पनि काम भने अझै अगाडि बढ्न सकेको छैन । नेपाल सरकारको मन्त्रिपरिषद्ले गएको फागुनमा रुख कटानको आदेश दिने निर्णय गरेको थियो ।

निर्णय भएको एक महिनाभन्दा बढी भए पनि काम अझै अगाडि बढाइएको छैन । कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर बसन्तासम्म पर्ने दुई किलोमिटर खण्डमा रुख कटानको आदेश नहुँदा चार वर्षदेखि काम रोकिएको थियो । 

कैलारीको कटैनी नदीदेखि भजनी नगरपालिकाको लालबोझीसम्म बसन्ता वन क्षेत्रमा जम्मा १८ मध्ये १६ किलोमिटरमा राजमार्ग निर्माणको कार्य भइसकेको छ । तर, कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा भने काम रोकिएको थियो ।

सो खण्डमा राजमार्ग निर्माणका लागि २०७३ सालमै ठेक्का भए पनि काम अगाडि बढ्न सकेको थिएन । जिल्लाको अरु सबैतिर हुलाकी राजमार्ग बनिसक्दा सो खण्डमा ट्रयाकसमेत खोल्न सकिएको छैन । 

उक्त खण्डमा तुण्डी, प्रेरा, चन्द्रा एण्ड बसन्ता जेभीले राजमार्ग निर्माणको ठेक्का पाएका छन् । आउँदो जेठ मसान्तमा ठेक्का अवधि सकिने जनाइएको छ । तर, रुख कटान आदेशमा भएको ढिलाइका कारण ठेक्काको म्याद थप हुने मडैले बताए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ