168968757_1976588555814543_8821906823444356689_n
Advertisements

अनिल थारु
ठाकुरबाबा नगरपालिका-७, बर्दिया

प्रत्येक दिन सुर्यास्त पश्चात
अन्धकार छाँउछ बस्तीमा
अनि ब
बन्यजन्तुहरु लस्करै
निस्कन्छ्न गस्ती मा!

केही हुल पैदवारहरु बर्ष
भारी को खर्च जोहो गर्ने मेरो
सपनाको बारी मा मध्होस भै
पर्यटक खेल्छ्न मस्टीमा अनि
म अत्तालिएर प्रतिकारमा
उत्रीदा निकुन्जले मलाइ
चोरी सिकारको भील्ला
तांसि दिन्छ ।

म सहर्स स्विकार्छु किनकि ?
म बर्दियाली हु ।
म संरक्षण प्रेमि बर्दियाली
म संरक्षण सुत्छु, संरक्षण उठ्छु
मेरो दिनचर्या संरक्षण !!
आफ्नो घरको सदस्य ढालेर पनी
आफ्नो गांस कटाएर बन्यजन्तु पालेर पनी
म प्रशासनको नजरमा संरक्षण बिरोधी !!

मलाइ जीबन भन्दा प्यारो जनावर लाग्दछ
मलाइ परिवार भन्दा प्यारो पर्याबरण लाग्दछ
र त जोखिमको आबरण च्याटेर पनी
मेरो सेरोफेरोको बाताबरण संरक्षणमा
होमिन्छु!
र त दिनंहु परिवारको सदस्य गुमाउदा पनी
बिक्षिप्तता, आक्रोस र क्रोधको बाफजुद
मौन छु ! आफ्नो घर उजाड पारेर पनि
प्रकृतिलाइ हरियाली छर्छु किनकी ?
म संरक्षण प्रेमी बर्दियाली ।

न त कसैसङ्ग सम्झौता गरें न त सवाल
खै जीबन सङ्ग जोडिएर आउने ?
जीबनयापन, जीन्दगी निर्बाहको
लागी रोजगार, ? खै ? मेरो
जीबिकोपार्जन, आय आर्जन अनि
खै अर्थोपार्जन ?
सिप र प्रबिधि खै बिकास
कहां छ सम्बृद्दी ?

बिश्वभरीका पाहुनाहरु लाइ
प्राकृतिक अनुपम को रसपान गराउने बर्दिया
बिश्वभरि का प्रकृति प्रेमी हरु लाइ
जैबिक बिबिधताको सगुन दिलाउने बर्दिया
राज्यलाइ डलरको बर्सात गराउने बर्दिया
अझ भनौ बिश्वले मानेको र चिनेको बर्दिया!

बिश्वलाइ संरक्षणको बिश्वास दिलाउने बर्दिया
तर राज्य अनि केन्द्रले नचीनेको बर्दिया
जनप्रतिनिधी र नेतृत्व बात ठगिएको बर्दिया
सम्बृद्धि र बिकास बात अपहेलीत बर्दिया
प्रयोग गर्न नसकि श्रोत, साधन कुहाएको
बर्दिया,
आम जन समुदायले मुल्यांकन गर्न
नसकेको बर्दिया,
आन्तरिक पर्यटकहरुले पहिचान गर्न
नसकेको बर्दिया,
मेरो बर्दिया कठै बर्दिया
कठै बर्दिया !!

                                     

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ