180701177_3888906071185656_779837743543734724_n

धनगढ़ी, २१ बैशाख। दोस्रो भेरियन्टको कोरोनाले सुदूरपश्चिमका अस्पतालहरु भरिएपछि कैलालीमा पाँच सय शैयाको आईसोलेसन बनाउने तयारी थालिएको छ।

कैलालीको गेटामा निर्माण भइरहेको मेडिकल कलेजको नवनिर्मित भवनमा ५ सय शैयाको आईसोलेसनको तयारी शुरु गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।संघीय सरकारले वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टलाई सुदूरपश्चिमको महामारी फोकल पर्सन तोकेपछि सोमवारदेखि नै आईसोलेसनको लागि तयारी थालिएको हो।

हाल मन्त्री भट्ट धनगढी पुगेका छन्। उनले गेटा मेडिकल कलेजको नवनिर्मित भवनको निरीक्षण गरी त्यहाँ तुरुन्तै पाँच सय शैयाको आईसोलेसन सेन्टर स्थापना गरिने बताए।जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसिसिएमसी) को मातहत रहने गरी कलेजमै पाँच सय शैयाको आईसोलेसन निर्माण हुन लागेको हो।

गेटा मेडिकल कलेजमा तीन सय शैयाको अस्पताल र कलेज भवनको निर्माण अन्तिम चरणमा छ। त्यहाँ खानेपानी र विद्युतको आपुर्ति गर्ने बित्तिकै त्यसलाई आईसोलेशनका रुपमा सञ्चालनमा ल्याउन सकिने कैलाली प्रशासनले जनाएको छ।कैलालीको गोदावरी नगरपालिकामा पर्ने उक्त मेडिकल कलेजमा स्थापना हुने आईसोलेसन व्यवस्थापनको जिम्मा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई दिइनेछ।

नेपाली सेनाले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु

नेपाली सेनाले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु गरेको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी सञ्चालन हुने आइसोलेसनको निर्माण कार्य नेपाली सेनाले सुरु गरेको हो।

उक्त स्थलमा सरसफाई तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली गेटा मेडिकल कलेजमा खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए। होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन निर्माण हुने उनले बताए। एक हप्ताभित्रै सेवा समेत सुरु तयारी भइरहेको छ।

मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिको आह्वानमा सोमबार गेटामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकबाट तयारी सुरु भएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ