सिल
Advertisements

धनगढी २२ बैशाख। कैलालीको धनगढी उपमहानगरपालिका–१८ को क्याम्पस टोल सिल गरिएको छ। टोलमा कोरोना संक्रमण फैलिएको भन्दै वडा कार्यसमितिले सो टोल सिल गर्ने निर्णय गरेको हो। मंगलबार सोही टोलका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो। मृतककै घरका ४ जनामा पनि कोरोना संक्रमण देखिएपछि टोल सिल गरिएको वडाअध्यक्ष मुरारी अधिकारीले बताए।  अहिले उक्त वडामा १४ जना कोरोना संक्रमित रहेको बताइएको छ।  

हिजो मंगलवार सोही टोलमा घर भएका एक क्षिक्षाकको कोरोना संक्रमणवाट मृत्यु भएको थियो भने मृतककै घरका ४ जनामा पनि कोरना संक्रमण भएको छ । यस्तै वडा नम्बर १८ एफ गाँउमा २ जना संक्रमति भएका एक घर र साहीे वडाका हाल ‘बि’ गाउँमा घर भएका २ जना संक्रमित भएको एक घरमा पनि सील गरीएको छ । योसंगै धनगढी उपमहानगरपलिका १८ मा मात्रै १४ जना कोरोना संक्रमित भएको बताईएको छ । सील गरिएका टोलवासीलाई अवात जावतमा रोक लागाईएको वडा नम्बर १८का वडा अध्यक्ष मुरारी अधिकारीले बताए । संक्रमित भेटिएका टोलबासीहरुको स्वाब संकलन गरी परिक्षण गरीने समेत वडा अध्यक्ष अधिकारीले बताए ।


 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ