tej
Advertisements

धनगढी२२ बैशाख । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा भ्रामक सामग्री लेखेको भन्दै पका्रउ गरिएका धनगढीका २ जनालाई प्रहरीले छाडेको छ ।

फेसबुकमा अक्सिजन कालोबजारीको विषयमा स्ट्याटस लेखेको भन्दै धनगढीका तेज खड्कासँगै मदन भट्टलाई पनि नियन्त्रणमा लिइएको थियो।दुवै जनालाई सोधपुछपछि छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । छुटेपछि तेज खड्काले फेसबुकमा स्ट्याटस राख्दै मामाघरबाट घर फिर्ता भएको बताएका छन् ।

उनीहरु दुवैले फेसबुकमा औषधि आपूर्तिकर्ता दुष्यन्त बस्नेतले अक्सिजनको कालोबजारी गरेको भन्दै स्ट्याटस लेखेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ