सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार ५ सय ६५ जनामा गरिएको परिक्षणमा थप १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १ सय २९ जना कैलालीका मात्रै रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाका ७ पुरुष र १ महिला गरी ८ जना तथा जिल्लाकै अन्य पालिकाका ७१ पुरुष र ५८ महिला गरी १२१ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमै उपचारकै क्रममा पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । ३० जना संक्रमित निको भएका छन भने थप १४ जना अक्सिजन र आईसियुको साहारा लिन अस्पताल भर्ना भएको कुरा सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।